फोहोर बोक्ने गाडीबाट पैसा असुल्ने निर्णयमा सर्वोच्चले लगायो रोक

काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं उपत्यकाको फोहोर बोक्ने गाडीबाट रकम असुल्ने नुवाकोटको ककनी गाउँपालिकाको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।
ककनी गाउँपालिकाले गत १९ असारमा काठमाडौंबाट बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर लिएर जाने सानो गाडीसँग प्रतिखेप १००० र ठूला गाडीसँग १५ सय रुपैयाँ प्रवेश शुल्क लिने निर्णय गरेको थियो ।
सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले सो निर्णय कार्यान्वयनमा रोक लगाउन अन्तरिम आदेश जारी गरेको हो ।
फोहोरमैला व्यवस्थापन संघ, नेपालले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश खतिवडाले मंगलबार उक्त आदेश दिएको हो ।
ताजा अपडेट
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
हैजा रोग नियन्त्रणका लागि काठमाडौँ महानगर क्षेत्रमा जनचेतनामूलक कार्यक्रम
-
नेपालमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह
-
हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध
-
कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक
प्रतिक्रिया