किन जाँदै छन् प्रधानमन्त्री प्रचण्ड इटाली ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटाली भ्रमणमा जाने भएका छन् ।
बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री प्रचण्डको भ्रमण स्वीकृत गरेको हो ।
संयुक्त राष्ट्रसंघको खानी तथा कृषि संगठनको मुख्यालय इटालीमा आयोजना हुने ‘युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्ट’ मा सहभागी हुनका लागि प्रधानमन्त्री त्यसतर्फ जाने भएको सरकारकी प्रवक्ता तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।
प्रतिनिधिमण्डलमा कृषि तथा पशुपन्छी विकास मन्त्री वेदुराम भुसाल समेत सहभागी हुने शर्माले जानकारी दिइन् । समिट जुलाइ २४,२५ र २६ मा इटालीमा हुँदैछ ।
आजको मन्त्रिपरिषद् बैठकले शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको संचालक समिति सदस्यमा डा. रवि मल्ललाई नियुक्त गर्ने निर्णय समेत गरेको छ ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया