सेन्ट्रल जेलमा एक्लिदैं सचिव पाण्डे, श्रीमतीमात्रै साथमा
काठमाडौं । निजामती सेवा अन्तरगत शिक्षा समूहमा जीवन विताएका टेकनारायण पाण्डे एक बर्षभन्दा बढि गृह सचिव भए ।
त्यसपछि उनको व्यवहार र जीवनशैलीमा आएको परिवर्तन विस्वासै गर्न नसकिने थियो । उनी अहिले नेपाली नागरिकलाई किर्ते गरेर नक्कली शरणार्थी बनाएको अभियोगमा जेलमा छन् ।
एक महिनादेखि केन्द्रीय कारागारमा जीवन विताइरहेका पाण्डे विस्तारै एक्लिन थालेका छन् । पाण्डेलाई भेट्न उनको केहि आफन्तबाहेक खासै कोहि जाँदैनन् । निजामती सेवाको प्रशासन समूहतर्फका कर्मचारी त एक जना पनि पाण्डेलाई भेट्न सेन्टर जेल पुगेका छैनन् । तर शिक्षा समूहका केहि कर्मचारी भने बेलामौका सेन्ट्रल जेल पुगिरहेका हुन्छन् ।
सेन्ट्रल जेलमा पाण्डेको जीवनशैलीबारे कुरा गर्दै कारागार कार्यालयका एक अधिकारीले भने, ‘शक्तिबाट निस्कदाँ बल्ल मान्छे यथार्थ धरातलमा पुग्दो रहेछ ।’
पाण्डे जेलमा विहान सबेरै उठ्छन् । दैनिक नित्यकर्म सकेपछि अन्य कैदीबन्दीसँग त्यहिँ आसपास डुलिरहन्छन् । विहानको खानापछि दिउसो सुत्छन् ।
जेलभित्र उनको खाँण र रायमाझीसँग खासै धेरै संवाद हुँदैन । अधिकांश समय एक्लै बस्न रुचाउने पाण्डेलाई भेट्न पनि खासै मानिसहरु पुग्दैनन् ।
पाण्डेको श्रीमती पनि निजामती सेवामा छिन् । श्रीमती पाण्डे भने श्रीमान भेट्न नियमित जस्तै कारागार पुग्छिन् । परिवारका अन्य सदस्यहरु र आफन्तहरु पनि बेलाबेला पाण्डेलाई भेट्न पुगिरहेका हुन्छन् । त्यसबाहेक शिक्षा समूहका केहि कर्मचारी सुन्धारा पुगेर पाण्डेलाई भेट्नेको सुचीमा नाम टिपाइरहेका हुन्छन् ।
सेवा समूहभन्दा बाहिर गएर गृह सचिव बनेका पाण्डे त्यहाँबाट हटेको एक बर्ष पनि पुरा नहुँदै विगतमा आफु मातहतको आचरण सुधार गृह कारागारमा जिवन विताइरहेका छन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया