NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

सेन्ट्रल जेलमा एक्लिदैं सचिव पाण्डे, श्रीमतीमात्रै साथमा

काठमाडौं । निजामती सेवा अन्तरगत शिक्षा समूहमा जीवन विताएका टेकनारायण पाण्डे एक बर्षभन्दा बढि गृह सचिव भए ।

त्यसपछि उनको व्यवहार र जीवनशैलीमा आएको परिवर्तन विस्वासै गर्न नसकिने थियो । उनी अहिले नेपाली नागरिकलाई किर्ते गरेर नक्कली शरणार्थी बनाएको अभियोगमा जेलमा छन् ।

एक महिनादेखि केन्द्रीय कारागारमा जीवन विताइरहेका पाण्डे विस्तारै एक्लिन थालेका छन् । पाण्डेलाई भेट्न उनको केहि आफन्तबाहेक खासै कोहि जाँदैनन् । निजामती सेवाको प्रशासन समूहतर्फका कर्मचारी त एक जना पनि पाण्डेलाई भेट्न सेन्टर जेल पुगेका छैनन् । तर शिक्षा समूहका केहि कर्मचारी भने बेलामौका सेन्ट्रल जेल पुगिरहेका हुन्छन् ।

सेन्ट्रल जेलमा पाण्डेको जीवनशैलीबारे कुरा गर्दै कारागार कार्यालयका एक अधिकारीले भने, ‘शक्तिबाट निस्कदाँ बल्ल मान्छे यथार्थ धरातलमा पुग्दो रहेछ ।’

पाण्डे जेलमा विहान सबेरै उठ्छन् । दैनिक नित्यकर्म सकेपछि अन्य कैदीबन्दीसँग त्यहिँ आसपास डुलिरहन्छन् । विहानको खानापछि दिउसो सुत्छन् ।

जेलभित्र उनको खाँण र रायमाझीसँग खासै धेरै संवाद हुँदैन । अधिकांश समय एक्लै बस्न रुचाउने पाण्डेलाई भेट्न पनि खासै मानिसहरु पुग्दैनन् ।

पाण्डेको श्रीमती पनि निजामती सेवामा छिन् । श्रीमती पाण्डे भने श्रीमान भेट्न नियमित जस्तै कारागार पुग्छिन् । परिवारका अन्य सदस्यहरु र आफन्तहरु पनि बेलाबेला पाण्डेलाई भेट्न पुगिरहेका हुन्छन् । त्यसबाहेक शिक्षा समूहका केहि कर्मचारी सुन्धारा पुगेर पाण्डेलाई भेट्नेको सुचीमा नाम टिपाइरहेका हुन्छन् ।

सेवा समूहभन्दा बाहिर गएर गृह सचिव बनेका पाण्डे त्यहाँबाट हटेको एक बर्ष पनि पुरा नहुँदै विगतमा आफु मातहतको आचरण सुधार गृह कारागारमा जिवन विताइरहेका छन् ।