गगनको कार्ययोजनाप्रति आरजुको टिप्पणी : ‘एनजीओको विसलिस्ट जस्तो’
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले महामन्त्री गगन थापाले पेस गरेको वार्षिक कार्ययोजनाप्रति असन्तुष्टि जनाएकी छिन् ।
महामन्त्री गगन थापाले केन्द्रीय समिति बैठकमा पेस गरेको वार्षिक कार्ययोजना एनजीओको ‘विसलिस्ट’ जस्तो भएको भन्दै उनले टिप्पणी गरेकी हुन् ।
सानेपामा जारी केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्ने क्रममा आरजुले भनिन्, ‘यसपटक महामन्त्रीको प्रतिवेदनमा कुनै राजनीतिक दस्तावेज आउँछ होला भन्ने सोचेको थिएँ। त्यो एक एनजीओको विसलिस्ट जस्तो लाग्यो। कार्यक्रम धेरै गर्ने अनि त्यसो रिजल्ट चाहिँ के तरु योभन्दा दुई चार वटा उपलब्धिमूलक कार्यक्रम गरौं। त्यो परिणाममुखी बनाऔं ।’
उनले आफ्नो पार्टीका मन्त्रीहरुले सरकार र पार्टीको घोषणा पत्रलाई लिंक गर्न नजानेकोप्रति पनि असन्तुष्टि व्यक्त गरेकी छिन् । आरजुले पार्टीको घोषणापत्रसँग सरकारको नीति र नियम कहाँ मेल खान्छ भनेर हेर्नुपर्ने र त्यही अनुसार कार्यक्रम गर्नुपर्ने बताएकी हुन् ।
सानेपामा जारी कांग्रेस केन्द्रीय समितिको बैठकमा सदस्यहरुले धारणा राख्ने क्रम जारी छ ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया