आज साँझ इटाली जाँदै प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज साँझ इटाली जाँदै छन् ।
संयुक्त राष्ट्रसंघको खानी तथा कृषि संगठनको मुख्यालय इटालीमा आयोजना हुने ‘युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्ट’ मा सहभागी हुनका लागि प्रधानमन्त्री त्यसतर्फ जाने भएको सरकारकी प्रवक्ता तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।
सो कार्यक्रम ८ देखि १० साउनसम्म आयोजना हुँदै छ । प्रधानमन्त्री यही ८ साउनमा सो कार्यक्रमको उद्घाटन सत्रमा सहभागी हुने कार्यक्रम छ ।
प्रधानमन्त्रीसहितको टोलीमा कृषि तथा पशुपन्छी विकास मन्त्री वेदुराम भुसाल समेत सहभागी हुनेछन् ।
बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री प्रचण्डको भ्रमण स्वीकृत गरेको हो ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया