विद्युतको पोल, तार र ट्रान्स्मिटर खरिदमा दशजना मिलेर भ्रष्टाचार
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतको ताल, पोल र ट्रान्समिटर खरिदमा भ्रष्टाचार गरेको आरोपमा दशजनाविरूद्ध मुद्दा दायर गरेको छ ।
आज जिल्ला अदालत काठमाडौंमा ओखलढुंगास्थित सिद्धिचरण नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडा, नेपाल विद्युत प्राधिकरण, ओखलढ्ंगा वितरक केन्द्रका तत्कालिन कार्यालय प्रमुख संजीव साह, इन्जिनियर र वडाअध्यक्षसमेत गरी १० जनाविरूद्ध मुद्दा दायर भएको हो ।
उनीहरूले नगरपालिकाको वडा नंबर १० मा पोल, तारजस्ता विद्युतीय सामग्रहीहरू खरिद नै नभएको आवस्थामा गलत प्रतिवेदन तयार पारेर चार लाख ७७ हजार ८९९ रूपैयाँ भुक्तानी लेनदेन गरेको पाइएको छ ।
प्रतिवादी सबैलाई सोही रकम बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर भएको हो ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया