एमाले अध्यक्ष ओली स्वदेश फिर्ता

भक्तपुर । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली एक साता लामो कम्बोडिया भ्रमण सकेर स्वदेश फर्किएका छन् ।
उनी यही साउन २ सोमबार निर्वाचन पर्यवेक्षणका लागि त्यसतर्फ प्रस्थान गरेका थिए । भ्रमणमा राधिका शाक्य, उपमहासचिव विष्णु रिमाल र सचिवालय टोलीसहित छ जनाको सहभागिता रहेको थियो ।
कम्बोडियामा अध्यक्ष ओलीले त्यहाँका प्रधानमन्त्री सामदेक टेचो हुन सेनसँग भेटवार्ता गरेका थिए । साथै श्रीलङ्काका पूर्वराष्ट्रपति मैत्रीपाला सिरिसेना र नाइजेरियाका पूर्वराष्ट्रपति जोनाथन गुडलकसँग पनि भेटवार्ता गरेको एमाले सचिवालयले जानकारी दिएको छ । साथै उनले कम्बोडियामा भएको निर्वाचनको पर्यवेक्षण गरेका थिए ।
ताजा अपडेट
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
प्रतिक्रिया