आज कांग्रेस केन्द्रीय समिति बैठकको समापन, निर्णय सुनाउने तयारीमा देउवा
काठमाडौं । साउन २ गतेदेखि जारी नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज समापन हुँदैछ ।
पार्टी कार्यालय सानेपामा बिहान ११ बजे बजेदेखि सुरु हुने बैठकलाई सभापति शेरबहादुर देउवाले बेलुकी ४ बजे सम्बोधन गर्दै समापन गर्ने तयारी रहेको छ ।
झन्डै ११ महिनापछि बसेको केन्द्रीय समिति बैठक महत्वपूर्ण निर्णय गर्दै समापन गर्ने तयारी छ । जसको लागि सभापति देउवाले मंगलबार पदाधिकारी बैठक बोलाएका थिए । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकका निर्णयको आवश्यक तयारीका लागि पदाधिकारी बैठक बोलाइएको थियो ।
केन्द्रीय कार्यसमिति बैठकका निर्णयको मस्यौदा लेख्न पाँच नेतालाई जिम्मेवारी तोकिएको छ। पदाधिकारी बैठकले महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, नेता रमेश लेखक, प्रवक्ता प्रकाशशरण महत र प्रचार विभाग प्रमुख मीन विश्वकर्मालाई मस्यौदा लेखनको जिम्मेवारी दिएको हो।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया