आज कांग्रेस केन्द्रीय समिति बैठकको समापन, निर्णय सुनाउने तयारीमा देउवा

काठमाडौं । साउन २ गतेदेखि जारी नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज समापन हुँदैछ ।
पार्टी कार्यालय सानेपामा बिहान ११ बजे बजेदेखि सुरु हुने बैठकलाई सभापति शेरबहादुर देउवाले बेलुकी ४ बजे सम्बोधन गर्दै समापन गर्ने तयारी रहेको छ ।
झन्डै ११ महिनापछि बसेको केन्द्रीय समिति बैठक महत्वपूर्ण निर्णय गर्दै समापन गर्ने तयारी छ । जसको लागि सभापति देउवाले मंगलबार पदाधिकारी बैठक बोलाएका थिए । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकका निर्णयको आवश्यक तयारीका लागि पदाधिकारी बैठक बोलाइएको थियो ।
केन्द्रीय कार्यसमिति बैठकका निर्णयको मस्यौदा लेख्न पाँच नेतालाई जिम्मेवारी तोकिएको छ। पदाधिकारी बैठकले महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, नेता रमेश लेखक, प्रवक्ता प्रकाशशरण महत र प्रचार विभाग प्रमुख मीन विश्वकर्मालाई मस्यौदा लेखनको जिम्मेवारी दिएको हो।
ताजा अपडेट
-
लमजुङका आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन
-
थाइल्यान्डकी प्रधानमन्त्री निलम्बित
-
सोलो एड्भेन्चर ट्राभल सूचीको सातौँ नम्बरमा पर्यो नेपाल
-
स्थानीय तहको न्यायिक समिति सुदृढीकरणमा नीतिगत सुधार आवश्यक
-
एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट : भुटानलाई हराएसँगै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा
प्रतिक्रिया