NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

आँखामा हुने संक्रमणबाट राहतका लागि के गर्ने ?

काठमाडौं । विशेष गरी गर्मी मौसममा देखिने आई फ्लू (आँखाको संक्रमण) पछिल्लो समय देखिन थालेका छ । आँखा रातो हुनु, दुख्नु, पोल्नु र सुन्निनु यसको लक्षण हुन् । वर्षाको समयमा पनि आँखाको संक्रमण बढ्ने हुन्छ । चर्को घाम र पानीले पनि आँखालाई असर गरेको हुन्छ । आँखामा हुने संक्रमण कम्तिमा पनि एकहप्तासम्म रहन्छ । आज हामी आँखालाई संक्रमणबाट कसरी बचाउने भन्ने चर्चा गर्दैछौँ ।

– यदि घरमा कोही कसैलाई आँखामा संक्रमण सुरु भइसकेको छ भने उनीहरुसँग टाढै रहने ।
– त्यस्तै संक्रमित व्यक्तिले प्रयोग गरेको तौलिया, लुगा अर्कोले प्रयोग नगर्ने, यसबाट पनि टाढै रहने ।
– आँखामा संक्रमण भइसकेको अवस्थामा घाममा निस्किनु पर्दा सनग्लास (चस्मा) को प्रयोग गर्ने । समय समयमा हात धोइराख्ने ।

आँखाको संक्रमण कम गर्ने घरेलु उपाय
– यदि तपाईलाई आँखामा इन्फेक्सन भएको छ भने एउटा सफा भाडामा तातो पानी लिने, सुतीको सफा कपडालाई पानीमा चोपेर आँखामा सफा गर्ने ।
– तातो पानी जस्तै तपाईँ चिसो पानीको पनि प्रयोग गर्न सक्नुहुन्छ । चिसो पानीमा सफा कपडालाई भिजाएर बिस्तारै आँखामा लगाउने । तर यस्तो गर्दा बरफलाई सिधै आँखामा लगाउनु भने हुँदैन ।
– शुद्ध तोरीको तेलमा संक्रमणविरुद्ध लड्ने गुण हुन्छ, आँखा सुन्निएकाे कम गर्नका लागि तपाईं तोरीको तेललाई आँखा वरिपरि लगाउन सक्नुहुन्छ ।
(हामीले यहाँ संक्रमणबाट राहत मिल्ने केही उपाय मात्र चर्चा गरेका हौँ । तपाईँ आँखामा भएको संक्रमणबाट ग्रस्त हुनुहुन्छ भने चिकित्सकसँग सल्लाह लिन आवश्यक हुन्छ ।)