महोत्तरीका लेखापाल एक लाख बढी घुससहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीस्थित सम्सी गाउँपालिकाका लेखापाल रौशन कुमार राउतलाई एक लाख बढी घुससहित पक्राउ गरेको छ ।
उनलाई एक लाख २५ हजार रूपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।
गाउँपालिकाको वडा नंबर ५ मा कोभिड १९ सम्बन्धी सचेतनामूलक कार्यक्रम भएको थियो ।
सोही कार्यक्रमको भुक्तानी लिन पुगेका सेवाग्राहीसँग उनले घुस मागिरहेको भन्ने उजुरी परेपछि आयोगको बर्दिवास कार्यालयको टोलीले अनुसन्धान गरेको हो । सो विषयमा अनुसन्धान हुँदा उनले उक्त रकम घुस लिएको पुष्टि भएको हो ।
राउतलाई आज विशेष अदालत काठमाडौंमा उक्त रकम बिगो मागसहित कैद सजायको मागदाबी गरिएको छ ।
ताजा अपडेट
-
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई ६ महिनाको जेल सजाय
-
राष्ट्रियसभालाई विधेयकमा दुईवर्षे कुलिङ पिरियडको व्यवस्था गर्न अनुरोध गर्ने समितिको निर्णय
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
प्रतिक्रिया