महोत्तरीका लेखापाल एक लाख बढी घुससहित पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीस्थित सम्सी गाउँपालिकाका लेखापाल रौशन कुमार राउतलाई एक लाख बढी घुससहित पक्राउ गरेको छ ।
उनलाई एक लाख २५ हजार रूपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।
गाउँपालिकाको वडा नंबर ५ मा कोभिड १९ सम्बन्धी सचेतनामूलक कार्यक्रम भएको थियो ।
सोही कार्यक्रमको भुक्तानी लिन पुगेका सेवाग्राहीसँग उनले घुस मागिरहेको भन्ने उजुरी परेपछि आयोगको बर्दिवास कार्यालयको टोलीले अनुसन्धान गरेको हो । सो विषयमा अनुसन्धान हुँदा उनले उक्त रकम घुस लिएको पुष्टि भएको हो ।
राउतलाई आज विशेष अदालत काठमाडौंमा उक्त रकम बिगो मागसहित कैद सजायको मागदाबी गरिएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया