आजदेखि माओवादीको केन्द्रीय कमिटी बैठक
काठमाडौं । नेकपा माओवादीको केन्द्रीय कमिटी बैठक आज बुधबारबाट सुरु हुँदैछ ।
कमलादीस्थित प्रज्ञा भवनमा बिहान ११ बजेदेखि बैठक सुरू हुने माओवादी केन्द्रका महासचिव देव गुरूङले जानकारी दिए । बैठकको उद्घाटन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नेछन्।
केन्द्रीय कमिटी बैठकअघि माओवादीले बिहान साढे ८ बजे स्थायी कमिटी बैठक बोलाएको छ। पाँच दिनसम्म चल्ने बैठकलाई प्रत्यक्ष प्रसारण गर्ने भनिएपनि त्यसबारेमा अहिले बस्ने स्थायी कमिटी बैठकले निर्णय गर्ने महासचिव गुरुङले बताए ।
केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, प्रदेश र आयोगका पदाधिकारी गरी करिब सात सय बढीको सहभागिता हुने जनाइएको छ।
माओवादी केन्द्रमा ३८७ जना केन्द्रीय सदस्य छन्। बैठकमा बोल्न चाहने सबै सदस्यहरूलाई सकेसम्म समय दिने माओवादी केन्द्रले जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया