NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

बालकोट बोलाएर ओलीले खुवाए चिया, रीमा मख्ख

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली कलाका अनुरागी छन् । त्यसैले होला, कलाकारसँग अन्य शीर्ष नेताको दाँजोमा उनको सामीप्यता  र हिमचिम बढी नै छ ।

कलाकारसँग ओली बरोबर संवाद गरिरहन्छन् । त्यो पनि बालकोटस्थित आफ्नै निवासमा बोलाएर । केही समयअघि नायिका श्वेता खड्कासँग ओलीले भेटघाट गरेका थिए । यो भेटघाटपछि विभिन्न अड्कालबाजी पनि भएका थिए । यो स्वाभाविक पनि हो किनभने, ओलीसँग नजिकिएका कलाकार धमाधम एमाले बनिरहेका छन् । ओलीकै पहलमा कोमल वली र नायिका करिष्मा मानन्धर एमाले प्रवेश गरेका थिए । यी दुवै जना अहिले एमालेमा सक्रिय छन् ।

यहीबीच, ओलीले अर्की कलाकार रीमा विश्वाकर्मालाई आफ्नै निवासमा बोलाएर चिया खुवाएका छन् । ओलीले सामाजिक सञ्जालमार्फत शनिबार सार्वजनिक गरेको तस्बिरमा रीमालाई मुस्कुराइरहेको देख्न सकिन्छ ।

भेटघाट कहिलेको हो र यसको प्रयोजन के थियो भन्नेचाहिँ ओलीले खुलाएका छैनन् ।