NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

३५ उपसचिव र शाखा अधिकृतको सरुवा, अधिकांशको पोस्टिङ स्थानीय तहमा (सूचीसहित)

काठमाडौं ।  सरकारले २६ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाएको छ । निमित्तका भरमा सञ्चालन भइरहेका स्थानीय तहमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव र शाखा अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर पठाएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लामो समयदेखि काठमाडौंभित्र कार्यरत उपसचिव र शाखा अधिकृतलाई काठमाडौं बाहिरका स्थानीय तहमा सरुवा गरेर पठाएको जनाएको छ ।

सरुवा भएका अधिकांशलाई निमित्तका भरमा चलेका स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ । संघले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नपठाउने, पठाइएकाहरू पनि हाजिर नहुने तथा कतिपय स्थानमा स्थानीय तहले सरुवा भएर आएकालाई हाजिर नगराउने प्रवृत्तिका कारण दर्जनौं स्थानीय तह लामो समयदेखि निमित्तका भरमा सञ्चालन हुँदै आएका छन् । खासगरी तराईका जिल्लामा यस्तो समस्या बढी छ ।

सरुवा गरिएकाहरूमा उपसचिव वेदराज फुयाँल, काजीबहादुर विष्ट, अनन्तकुमार बस्नेतदेखि शाखा अधिकृत घनश्याम यादवसम्म छन् ।

त्यसैगरी, केही उपसचिवलाई संघअन्तर्गतकै मन्त्रालयमा अदलबदल गरिएको छ । गृहमा कार्यरत हरिप्रसाद अधिकारीलाई युवा तथा खेलकुद मन्त्रालय पठाइएको छ । गृहकै शोभाखर रेग्मी, लक्ष्मी पाण्डे गौतमलाई क्रमशः रक्षा र राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ ।

उपत्यकाबाहिरका स्थानीय तहमा कार्यरत उपसचिवहरूलाई काठमाडौं तानिएको छ । जसमा वरहथवा नगरपालिकामा कार्यरत रामविनय कुमार सिंह, मलंगवा नगरपालिकामा कार्यरत गेहनाथ गौतमलगायत छन् ।

हेर्नुहोस् सूची