गौर हत्याकाण्ड पीडित सङ्घर्ष समितिसँग प्रधानमन्त्रीले वार्ता गर्ने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौर हत्याकाण्ड पीडित सङ्घर्ष समितिलाई वार्ताका लागि बोलाएका छन् ।
प्रधानमन्त्री दाहालले गौर हत्याकाण्डका दोषीलाई कारबाही गर्न माग गर्दै अनसनरत समितिका संयोजक रुपसागर देवी उपाध्यायलाई आन्दोलनको कार्यक्रम फिर्ता गरेर वार्तामा आउन आग्रह गरेका हुन् ।
वार्ताका लागि शनिबारको समय तय गरिएको प्रधानमन्त्रीको नीजि सचिवालयले जानकारी दिएको छ । सचिवालयले भनेको छ, ‘संयोजक रुपसागर देवी उपाध्यायलाई वार्ताका लागि आग्रहपत्र पठाएको छ । आग्रह पत्रमा सङ्घर्ष समितिको आन्दोलनबारे सरकारको ध्यानआर्काषण भएको छ ।’ पीडितको मागबारे वार्ता संवादका माध्यमबाट तत्काल समाधान गर्न आग्रह गरिएको हो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया