NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

गौर हत्याकाण्ड पीडित सङ्घर्ष समितिसँग प्रधानमन्त्रीले वार्ता गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौर हत्याकाण्ड पीडित सङ्घर्ष समितिलाई वार्ताका लागि बोलाएका छन् ।

प्रधानमन्त्री दाहालले गौर हत्याकाण्डका दोषीलाई कारबाही गर्न माग गर्दै अनसनरत समितिका संयोजक रुपसागर देवी उपाध्यायलाई आन्दोलनको कार्यक्रम फिर्ता गरेर वार्तामा आउन आग्रह गरेका हुन् ।

वार्ताका लागि शनिबारको समय तय गरिएको प्रधानमन्त्रीको नीजि सचिवालयले जानकारी दिएको छ । सचिवालयले भनेको छ, ‘संयोजक रुपसागर देवी उपाध्यायलाई वार्ताका लागि आग्रहपत्र पठाएको छ । आग्रह पत्रमा सङ्घर्ष समितिको आन्दोलनबारे सरकारको ध्यानआर्काषण भएको छ ।’ पीडितको मागबारे वार्ता संवादका माध्यमबाट तत्काल समाधान गर्न आग्रह गरिएको हो ।

ताजा अपडेट

नेपालवाच विशेष