पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई ३ वर्षको जेल सजाय
इस्लामाव । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा तेहरिक–ए–इन्साफका अध्यक्ष इमरान खानलाई ट्रयाल कोर्टले गैरकानूनी रूपमा सरकारी उपहार बेचेको अभियोगमा तीन वर्षको जेल सजाय सुनाएको छ ।
सुनुवाइको क्रममा अतिरिक्त जिल्ला न्यायाधीश (एडिएसजे) हुमायुन दिलावरले पूर्वप्रधानमन्त्री खानविरूद्धका आरोप पुष्टि भएको बताएका थिए। द डनले जनाए अनुसार खानलाई निर्वाचन कसुरको धारा १७४ अन्तर्गत दोषी ठहर गरेको हो ।
पाकिस्तान प्रहरीले खानलाई लाहोरस्थित निवासबाट पक्राउ गरेको रोयटर्सले जनाएको छ। खानका वकिल इन्तजार हुसैन पन्जुथाले रोयटर्सलाई फोन गरी खान पक्राउ परेको जानकारी दिएका थिए ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया