आज सकिँदै माओवादी बैठक
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आज समापन हुने भएको छ ।
बुधबारदेखि जारी बैठकको सुरुवातमा केन्द्रीय सदस्यहरूलाई धारणा राख्ने समय दिइएको थियो । उनीहरूको बोल्ने क्रम सकिएकाले आज बैठक समापन गर्न लागिएको हो ।
माओवादीका महासचिव देव गुरुङले केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नमाथि आज पार्टी अध्यक्षले जवाफ दिने र त्यसपछि बैठक अन्त्य गरिने जानकारी दिए ।
बुधबारदेखि शनिबारसम्म धारणा राखेका माओवादीका अधिकांश केन्द्रीय सदस्यले पार्टी नेतृत्वको आलोचना गरेका छन् । अध्यक्षको उत्तराधिकारी तयार नगरिएको, नेतृत्व परिवारवादमा लिप्त भएको, त्यागीलाई पार्टीबाट पाखा पारिएकोलगायत आरोप नेताहरूले नेतृत्वमाथि लगाएका छन् ।
ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया