NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

रास्वपाले फिर्ता गर्यो मोबाइल क्लिनिक सञ्चालन गरिएको एम्बुलेन्स

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले मोबाइल क्लिनिकका रूपमा सञ्चालित एम्बुलेन्स पुरानो मेडिकल कलेजलाई फिर्ता गरेको छ ।

आफू निर्वाचित भएको १०० दिनको अवसरमा रास्वपाका सभापति रवि लामिछानेले आफ्नो क्षेत्रका  ६५ वर्षमाथिका वृद्धवृद्धाको उपचार गर्न पुरानो मेडिकल कलेजको एम्बुलेन्सको रङ परिवर्तन गरेर प्रयोगमा ल्याएका थिए । तर रङ परिवर्तनलगायतलाई लिएर आलोचना भएपछि रास्वपाले त्यसलाई पुरानो मेडिकल कलेजलाई नै फिर्ता गरेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका बागमती प्रदेश स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख डा. मनोहर प्रधानले एम्बुलेन्सलाई लिएर विवाद सिर्जना गरिएकाले पुरानो मेडिकल कलेजलाई नै फिर्ता गरिएको जानकारी दिए ।

रास्वपाको ब्लु बस फेरि अर्को विवादमा – NepalWatch

एम्बुलेन्स फिर्ता गरिए पनि मोबाइल स्वास्थ्य सेवा पूर्ववत् सञ्चालन गरिने उनले जानकारी दिए । उनका अनुसार, यसका निम्ति अब भ्यान सञ्चालन गरिनेछ ।

रास्वपाले गत साताबाट चितनवमा महिलाका लागि निःशुल्क बस सेवा पनि सञ्चालनमा ल्याएको छ । यातायात कार्यालयको अनुमतिमा रङ परिवर्तन गर्नुपर्नेमा त्यसो नगरिएको भन्दै यसको पनि आलोचना भइरहेको छ ।