तनावग्रस्त मणिपुर : प्रत्येक ७५ जनामा १ सुरक्षाकर्मी, तर पनि किन रोकिएको छैन हिंसा?
काठमाडौं । उत्तरपूर्वी भारतको मणिपुरमा तीन महिनाअघि सुरु भएको हिंसालाई नियन्त्रण गर्न ४० हजारभन्दा बढी सुरक्षाकर्मी खटाइएको छ ।
यसमा सेनादेखि असम राइफल्स, बीएसएफ, सीआरपीएफ, एसएसबी र आईटीबीपी सम्मका सिपाही र अधिकारीहरू सहभागि छन् । यसरी हेर्दा त्यहाँ हाल प्रत्येक ७५ जनाका लागि १ सुरक्षाकर्मी तैनाथ देखिन्छ ।
मणिपुरको जनसंख्या करिब ३० लाख छ । अर्थात् औसतमा प्रति ७५ जनामा एकजना सुरक्षाकर्मी छन् । यति हुँदाहुँद पनि त्यहाँ हिंसा रोकिएको छैन । पछिल्लो दुई–तीन दिनमा ५ जनाले ज्यान गुमाउनु परेको छ ।
शनिबार विष्णुपुरको क्वाटा क्षेत्रमा मेइते समुदायका तीन जनाको निर्ममतापूर्वक हत्या गरिएको बीबीसी हिन्दीले जनाएको छ ।
आन्दोलनकारीहरूले प्रहरी प्रधान कार्यलयबाट लुटेका हातहतियारले एकअर्कामाथी आक्रमण गरिरहेका छन्।
ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ भए पनि आक्रमणकारीले उपत्यका र पहाडी क्षेत्रको मध्यवर्ती क्षेत्र तोडेर सर्वसाधारणलाई निशाना बनाउँदै आएका छन् ।
यतिबेलाम सारा देश र विश्वको नजर मणिपुरमा छ । मणिपुरमा भएको जातीय हिंसाका बारेमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा धेरै लेखिएका छन् ।
साउन १९ गते मणिपुरका दुई महिलामाथि भएको यौन दुर्व्यवहारको डरलाग्दो भिडियो भाइरल भएपछि अन्तर्राष्ट्रिय समुदायको चिन्ता थपिएको छ । यो भिडियो हेरेर प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलो पटक मणिपुरमा भएको हिंसाबारे बोलेका थिए ।
त्यसक्रममा उनले देशको अपमान भइरहेको भन्दै दोषीलाई नछाडिन चेतावनी दिएका थिए ।
नयाँ शिराबाट द्धन्द्ध
मे ३ अर्थात बैखास ३ गेतपछि राज्यमा भएको हिंसामा हालसम्म १ सय ६० भन्दा बढीको मृत्यु भइसकेको छ । ५० हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । ठूलो संख्यामा मानिसहरुका घर जलेका छन् ।
विष्णुपुरको क्वाटा क्षेत्रमा मेइते समुदायका तीन जनाको विभत्स हत्यापछि जनताले प्रश्न उठाइरहेका छन् कि यति ठूलो सेना र अर्धसैनिक बल तैनाथ भएर पनि हिंसा गर्नेलाई किन रोकिएको छैन ?
मेइते समुदायका यी मानिसहरूलाई पहिले तरवारले काटेर शव जलाइएको थियो । मेइते र कुकी समुदायले एकअर्कालाई आक्रमण गर्न नपरोस् भनेर दुई क्षेत्रबीचको मध्यवर्ती क्षेत्र बनाउन खोजिरहेको सुरक्षा बलले बताएको छ ।
तर राज्यमा कार्यरत मानवअधिकारकर्मी के. ओनिल भन्छन्, ‘कुकी समुदायको क्षेत्र पहाडमा नभई उपत्यकामा बफर जोन बनाइँदैछ ।
तर समस्या भनेको एक हजार एकडभन्दा बढी जमिन मध्यवर्ती क्षेत्रभित्र पर्छ । उक्त जमिनमा धान खेती गरिन्छ। तर त्यो जग्गा सेना र कुकी अतिवादीको कब्जामा रहेकाले मेइते समुदाये खेतीपाती गर्न पाएका छैनन्, जसका कारण मध्यवर्ती क्षेत्रमा पनि द्वन्द्व भइरहेको छ ।
४० हजारभन्दा बढी सुरक्षाकर्मी खटाएर पनि ३० लाख जनसङ्ख्या भएको यो राज्यमा किन हिंसा रोकिएको छैन ? प्रन्ने प्रश्नमा मानवअधिकारकर्मी ओनिल भन्छन्, ‘यो संकट समाधान गर्ने राजनीतिक इच्छाशक्ति नभएसम्म ४० हजार सुरक्षाकर्मी हुन् कि ५० हजार वा एक लाख, नै भए पनि शान्ति हुन सक्दैन ।’
शान्तिका लागि प्रदेश सरकारले गरिरहेको प्रयासको प्रभाव किन देखिँदैन ?
ओनिल भन्छन्, ‘राज्यमा नेतृत्व परिवर्तनको कुनै सम्भावना छैन। वर्तमान सरकारसँग शान्ति निर्माणको ठोस कार्यक्रम छैन । सरकारले चालेका कदमहरू अत्यन्तै कमजोर छन् । शान्ति कायम गर्न गठित समितिहरूमा हिंसाको षड्यन्त्र गरेको आरोप लागेका धेरै व्यक्तिहरू छन् ।
एन बिरेन सिंहलाई मुख्यमन्त्री पदबाट हटाएपछि मात्रै शान्ति स्थापना हुन्छ ?
उनी भन्छन्, ‘यस बेला राज्यमा राष्ट्रपतिय शासन लागू गर्न जरुरी छ । अर्को विकल्प छैन जस्तो देखिन्छ । मेइते र कुकीहरू बीचको हिंसा रोक्नु नै सबै भन्दा ठुलो प्राथमिकता हुनुपर्छ।“
४० हजारभन्दा बढी सुरक्षाकर्मी भए पनि हिंसा नियन्त्रण हुन सकेन
मणिपुरको घटनास्थलबाट रिपोर्टिङ गरिरहेका बीबीसी संवाददाता नितिन श्रीवास्तवले भने, ‘यसका लागि मणिपुरको भूगोल बुझ्नुपर्छ । राज्यमा पहाडी र तराई वा उपत्यका क्षेत्र एक अर्कासँग जोडिएको छ ।
कुकी जाति पहाडी क्षेत्रमा र मेइती मानिसहरू तराइमा बसोबास गर्दै आएका छन् । तर अहिले दुवै ठाउँमा मिश्रित जनसंख्या छ । यी क्षेत्रहरू पनि वरपर छन् ।
‘भौगोलिक अवस्था डेढ किलोमिटरको अन्तरालमा परिवर्तन हुन्छ, अर्थात् यात्राको क्रममा मेइते र कुकी समुदायको इलाका भएर जान्छौं, अर्कोको नजिक हुन पनि पर्छ ।
सुरक्षा निकायसँग पूर्ण श्रोत साधन छ । यति हुँदाहुँदै पनि हिंसात्मक भीडलाई रोक्न किन गाह्रो भइरहेको छ ?
नितिन श्रीवास्तव भन्छन्, ‘पछिल्लो डेढ महिनामा भीडहरू बन्दुक वा गोलाबारुदका साथ आक्रमण गर्न आउँदैनन्, तिनीहरू लाठी वा अन्य यस्तै औजार लिएर आउँछन् ।
सुरक्षा बलहरूलाई त्यस्ता भीडहरूमाथि गोली हान्ने आदेश दिइएको छ । एउटा विशेष कुरा के छ भने सुरक्षा बलको उपस्थितिमा जहिले पनि यस्तो हिंसा भएको छ, त्यतिबेला धेरैको ज्यान गएको छैन, धेरै धनमाल लुटिएको छ, सम्पत्तिमा क्षति पुगेको छ ।’
मणिपुरमा सरकारी संयन्त्र के गर्दैछ? उनले राज्यको बिग्रिएको अवस्थालाई किन सम्हाल्न सकेनन् ?
नितिन श्रीवास्तव भन्छन्, ‘यस हिंसा रोक्न मणिपुर राज्य प्रशासनको भूमिका लगभग नगण्य छ । सरकारी संयन्त्रमा काम गर्ने मेइते र कुकी समुदायका मानिसहरू हिंसा भड्केपछि आ–आफ्नो क्षेत्रमा गए । केवल मुस्लिम मेइती, नागा र केही तमिल मूलका मानिसहरू केहि अधिकारी र कर्मचारी मात्रै बाँकी रहेकाले प्रशासनिक कमजोरी कायमै छ । जबसम्म प्रशासन बलियो हुँदैन तबसम्म सामान्य अवस्थामा फर्कन गाह्रो हुन्छ । राज्य प्रशासन बलियो भए मात्रै सेना प्रभावकारी हुन्छ ।’
कसरी सुरु भयो हिंसा ?
मणिपुरमा मेइते र कुकी समुदायबीच दशकौंदेखि द्धन्द्ध छ । पछिल्लो समयको आन्दोलन भने एकअर्काको जग्गा कब्जालाई लिएर तनाव भइरहेको हो ।
गत अगस्ट (२०२२) मा वीरेन सिंह सरकारले चुराचन्दपुरका ३८ गाउँ र पहाडी क्षेत्रका केहि जिल्लालाई अवैध घोषणा गर्दै सूचना जारी गरेपछि कुकीहरूमा ठूलो आक्रोश पैदा भएको हो । ती गाउँहरू संरक्षित वन क्षेत्रमा पर्ने सूचनामा उल्लेख छ ।
मणिपुर उच्च अदालतले गत अप्रिल १४ मेइती समुदायलाई आदिवासी दर्जा दिन आदेश जारी यरेपछि स्थिती बिग्रदै गएको हो । मेइते जनजाति संघले दायर गरेको रिटमा सुनुवाइपछि अप्रिल १४ मा आदेश दिइएको हो ।
यसमा मणिपुर सरकारलाई आदिवासी समुदायमा मेइती समुदायलाई समावेश गर्ने सिफारिस केन्द्रीय आदिवासी मन्त्रालयमा पठाउन निर्देशन दिइएको थियो ।
मेइते समुदायको मागलाई स्वीकार गर्दै उच्च अदालतको एकल इजलासको आदेशमा प्रदेश सरकारले मेइते समुदायलाई ‘चार साता’भित्र आदिवासी समुदायमा समावेश गर्न सिफारिस पठाउन भनेको थियो ।
सडक संघर्ष
‘इन्डियन एक्सप्रेस’ को रिपोर्टअनुसार मे ३ मा भएको हिंसा भन्दा अप्रिल २७ मा आक्रोशित मानिसहरुको भीडले चुराचन्दपुरमा एउटा जिम जलायो । त्यसको एक दिनपछि मुख्यमन्त्री एन बिरेन सिंहले यो जिमको उद्घाटन गर्ने भए ।
त्यसपछि २८ अप्रिलमा जग्गा निष्कासनको विरोधमा कुकी जनताको भीडले वन विभागको कार्यालयमा आगजनी गरेको थियो । यसपछि मेइते समुदायका जनतालाई आदिवासी जनजातिको हैसियत दिने आदेशको विरोधमा पहाडी जिल्लामा आदिवासी जनजाति सोलिडारिटी मार्च निकालिएको थियो ।
तर कट्टरपन्थी मेइते समूह ‘मेइते लिपुन’ले यही मार्चको विरोध गर्दै नाकाबन्दी गरे । त्यसपछि त्यहाँको अवस्था तनावग्रस्त बन्दै रक्तपात झन् बढ्यो र स्थिति प्रहरी नियन्त्रणबाहिर गयो । र स्थिति अझै पूर्ण रूपमा नियन्त्रणमा छैन ।
गत मे ३ मा निकालिएको ¥यालीका क्रममा तोरवाङ र काङ्वाईका कयौं क्षेत्रमा दुवै समुदायका घर जलाएको खबर प्रहरीले प्राप्त गर्न थालेको थियो । त्यही दिउँसो विष्णुपुरको मेइतीमा चर्च जलाइयो ।
साँझसम्म विष्णुपुर र चुराचन्दपुरमा कुकी र मेइते समुदायबीच झडप भयो । त्यसपछि आक्रोशित भीडले चुराचन्दपुर र आसपासका प्रहरी चौकीबाट हतियार लुट्न थाले ।
रात परेपछि दुवै पक्षका मानिसहरूले एकअर्काको घरमा आगो लगाउन थाले । यसैबीच कुकी समुदायका मानिसहरूले मेइते समुदायका महिलालाई बलात्कार गरी हत्या गरेको हल्ला पनि फैलियो । त्यसपछि रक्तपात झन् बढ्यो र स्थिति प्रहरी नियन्त्रणबाहिर गएको हो ।
-बीबीसी हिन्दी


प्रतिक्रिया