NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

पाकिस्तान रेल दुर्घटना: मृत्यु हुनेको संख्या १९ पुग्यो, ५० बढि घाइते

काठमाडौं । पाकिस्तानमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

सिन्ध प्रान्तको संघार जिल्लाको सरहरी सहरमा भएकोे हजारा एक्सप्रेस रेल दुर्घटनामा १९ जनाको ज्यान गएको अन्तराष्ट्रिय समाचार सस्था बीबीसीले जनाएको छ । दुर्घटनामा ५० बढि घाइते भएका छन् ।

अधिकारीहरुका अनुसार रेलका आठ डीब्बा पटरीबाट खसेका र घाइतेहरु यसमा फसेका छन्, उनीहरुको उद्धारको प्रयास भइरहेको छ ।

दुर्घटनास्थलमा रहेका मोहम्मद उस्मान मल्लाहले बीबीसीलाई भनेः ‘धेरै यात्रुहरू कोचमुनि दबिएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर छ ।’

दुर्घटनास्थलमा ठूलो संख्यामा स्थानीय पुगेका र उनीहरुको सहयोगमा यात्रुलाई बाहिर निकाल्ने काम भइरहेको छ ।