शीर्ष नेतालाई बोलाए सभामुखले

काठमाडौं । सभामुख देवराज घिमिरेले शीर्ष नेतालाई छलफलका लागि बोलाएका छन् । दुई सातादेखि अवरुद्ध सदन सञ्चालनका लागि दलका प्रमुख सचेतकसँगको छलफलमा सहमति नजुटेपछि सभामुख घिमिरेले सोमबार शीर्षलाई डाकेका हुन् ।
सभामुख घिमिरेको सचिवालयले सोमबार दिउँसो १२ बजे प्रमुख दलका शीर्ष नेतालाई छलफलमा बोलाएको जनाएको छ ।
एक क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी एमालेका कारण १० साउनदेखि सदन अवरुद्ध छ । अवरोधका कारण १५ साउनमा बस्दै नबसी सूचना टाँसेर स्थगित भएको बैठक सोमबार १ बजेका लागि तोकिएको छ ।
ताजा अपडेट
-
रास्वपा र राप्रपाद्वारा आज पनि संसद् बैठक बहिष्कार
-
ल्हेन्दे खोला बाढी: तीन प्रहरीसहित १८ जना बेपत्ता, उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा
-
सुरक्षा समिति र विपद प्राधिकरणको बैठक बोलाइयो
-
दराजको ७.७ ‘ह्वाट द फ्ल्याश’ सेल : ७० प्रतिशतसम्म छुट, नि:शुल्क डेलिभरी
-
भोटेकोशीको बाढी : त्रिशूली हुँदै बेनीघाटसम्म पुग्ने सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह
प्रतिक्रिया