माओवादी संसदीय दल बैठक सिंहदरबारमा जारी
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक अहिले बसिरहेको छ ।
सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा अहिले बिहान ८ बजेबाट बैठक चलिरहेको माओवादीका एक सांसदले जानकारी दिए ।
संसदको गत्यावरोधमाथि केन्द्रित भएर छलफल भइरहेको बताइएको छ । सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने माग राख्दै एमालेले साउन १० गते संसद् अवरोध गर्दै आएको छ । सभामुख देवराज घिमिरेले सोमबारका १ बजेका लागि प्रतिनिधिसभाको बैठक बोलाए पनि एमाले गत्यावरोध जारी राख्ने पक्षमा देखिएको छ ।
यसैबीच, सभामुख देवराज घिमिरेले संसद्मा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई संसदको अवरोध अन्त्य गर्ने विषयमा छलफल गर्न बोलाएका छन् ।
अहिले मध्याह्न १२ बजे शीर्ष नेतासँग सभामुखले बैठक गर्न लागेको उनको सचिवालयले जनाएको छ ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया