माओवादी संसदीय दल बैठक सिंहदरबारमा जारी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक अहिले बसिरहेको छ ।
सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा अहिले बिहान ८ बजेबाट बैठक चलिरहेको माओवादीका एक सांसदले जानकारी दिए ।
संसदको गत्यावरोधमाथि केन्द्रित भएर छलफल भइरहेको बताइएको छ । सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने माग राख्दै एमालेले साउन १० गते संसद् अवरोध गर्दै आएको छ । सभामुख देवराज घिमिरेले सोमबारका १ बजेका लागि प्रतिनिधिसभाको बैठक बोलाए पनि एमाले गत्यावरोध जारी राख्ने पक्षमा देखिएको छ ।
यसैबीच, सभामुख देवराज घिमिरेले संसद्मा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई संसदको अवरोध अन्त्य गर्ने विषयमा छलफल गर्न बोलाएका छन् ।
अहिले मध्याह्न १२ बजे शीर्ष नेतासँग सभामुखले बैठक गर्न लागेको उनको सचिवालयले जनाएको छ ।
ताजा अपडेट
-
प्रतिनिधिससभा बैठक : नागरिक उड्डयन क्षेत्रलाई थप सुरक्षित बनाउन माग
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थलबारे उपसमितिले बुझायो प्रतिवेदन
-
चिकित्सा शिक्षा आयोगको बैठक : निजी मेडिकल कलेजले निर्वाह भत्ता दिने
-
सुस्ता झोलुङ्गे पुल जोखिममा
-
भारतमा पाकिस्तानका १६ युट्युब च्यानल प्रतिबन्धित, बीबीसीलाई औपचारिक पत्र
प्रतिक्रिया