प्रतिनिधिसभा बैठक दिउँसो १ बजे, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं । सभामुख देवराज घिमिरेले सोमबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको बैठक आह्वान गरेका छन् ।
संसद् सचिवालयले दिउँसो १ बजे बैठक बस्ने जानकारी दिँदै सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।
सम्भावित कार्यसूचीअनुसार, आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरणसम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाइने कार्यक्रम छ ।
आजैको बैठकले टोपबहादुर रायमाझीलाई संसद्बाट निलम्बित भएको जानकारी पनि गराउँदैछ । नेपालीलाई भुटानी नागरिक बनाएर अमेरिका पठाउने कार्यमा संलग्नको आरोपमा पक्राउ परेका रायमाझी अहिले जिल्ला अदालत, काठमाडौंको आदेशमा पुर्पक्षका लागि थुनामा छन् ।
त्यसैगरी, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यावधि थप गर्ने प्रस्ताव पनि कानून मन्त्री धनराज गुरुङले प्रस्तुत गर्दैछन् ।
यसबाहेक, शिक्षा मन्त्री अशोककुमार राईले नेपाल विश्वविद्यालय विधेयक, २०८० लाई बफादार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेश गर्ने तथा सभामुखले १० वा सोभन्दा बढी पटक बैठकमा अनुपस्थित सांसदको सूचना स्वीकृतिका लागि प्रस्तुत गर्ने कार्यसूची छ ।
सभामुखले बैठक आह्वान गरे पनि सुचारु हुने या नहुने अन्योल कायम छ । सुन तस्करी प्रकरणमा छानबिन समिति गठन गर्नुपर्ने माग राखेर साउन १० देखि संसद अवरोध गर्दै आएको एमाले सदनको काम कारबाही सुचारु गर्न तयार देखिएको छैन । यही अन्योलता हटाउन सभामुख घिमिरेले अहिले १२ बजे शीर्ष दलका नेतालाई छलफलका लागि बोलाएका छन् ।
ताजा अपडेट
-
मदन भण्डारी राजमार्गको पूर्वी खण्डमा ४२ किलोमिटर सडक कालोपत्र
-
सरकारले तिर्न बाँकी ऋण २५ खर्ब ३६ अर्ब
-
प्रतिबन्ध लाग्नुअघि नै बन्द भयो अमेरिकामा टिकटक
-
दोस्रो चरणको युद्धविराम सफल नभए पुनः आक्रमण थाल्ने इजरायली प्रधानमन्त्रीको चेतावनी
-
झापाका तीन स्थानमा शून्य खनजोत प्रविधिबाट मकैखेती
प्रतिक्रिया