NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

संसदीय समितिको सभापति भागबण्डा : रास्वपा र राप्रपा आउट, अन्य दलको भागमा कति ?

काठमाडौं । संसदीय समितिको भागबण्डाबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) आउट भएका छन् ।

संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले ४ वटा समिति सभापति पाउने गरी संसदीय समितिको भागबण्डा मिलेको हो । जसमा एमालेले ३ र माओवादी केन्द्रले २ तथा जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र जनमत पार्टीले एकएक समितिको सभापति पाउनेछन् ।

नेकपा (माओवादी केन्द्र) को आज बसेको संसदीय दलको बैठकमा प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदीय समितिको भागबण्डा मिलेको जानकारी गराएका हुन्। सत्तारुढ र प्रमुख विपक्षी दलका प्रमुख सचेतकहरुले संसदीय समितिको भागबण्डा टुंगो लगाएका हुन्। जसलाई आजै बस्ने शीर्ष नेताहरुले अन्तिम रुप दिनेछन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीलाई समितिको नेतृत्व दिन नसकिएको समेत प्रचण्डले बैठकमा जानकारी गराएका थिए। संसदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० र राप्रपाका १४ सांसद छन्।