NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

‘निजामती विधेयक आगामी साता क्याबिनेटमा’

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले निजामती सेवा विधेयक आगामी साता मन्त्रिपरिषद्मा पेश हुने बताएका छन् ।

आफू पदमा आएको पहिलो दिनदेखि उक्त विधेयक निर्माणमा लागेको जनाउँदै उनले अर्थ मन्त्रालय र कानुन मन्त्रालय हुँदै विधेयक आगामी साता क्याबिनेटमा जाने जानकारी दिए ।

मन्त्री मोदीले ढुङ्गा–गिट्टी तथा फोहरमैला व्यवस्थापनसम्बन्धी बेग्लाबेग्लै विधेयक पनि ल्याउने तयारी भएको बताए ।

मन्त्री मोदीले निजामती कर्मचारी स्थायी सरकार भएकोले जहाँ आवश्यक पर्छ त्यहाँ जान तयार हुनुपर्ने पनि बताए ।