NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

भारतको पञ्जाबबाट १६ वर्षीया किशोरीको उद्धार

कञ्चनपुर । भारतको पञ्जाबबाट १६ वर्षीया एक किशोरीको उद्धार गरिएको छ । कञ्चनपुर घर भएकी ती किशोरीलाई मङ्गलबार उद्धार गरी नेपाल ल्याइएको हो।

भारतमा रहेको अखिल भारत नेपाली एकता मञ्चकी मोनिका बरालको सहयोगमा भारत पञ्जाबको लुधियानामा अलपत्र परेको अवस्थामा उनलाई उद्धार गरिएको शान्ति पुनःस्थापना गृह कपिलवस्तुले जनाएको छ ।

किशोरीलाई घर परिवारको जिम्मा लगाउने तयारी भइरहेको छ । गृहका केन्द्रीय समितिका संयोजक भूमिराज भट्टराईका अनुसार ती किशोरी २०७९ मङ्सिरमा घरबाट हराएकी थिइन् । गत जेठ ३१ गते घर परिवारको सम्पर्कमा आएको शान्ति पुनःस्थापना गृहका केन्द्रीय समितिका संयोजक भूमिराज भट्टराईले जानकारी दिए ।

उद्धार गरिएकी किशोरीलाई शान्ति पुनःस्थापना गृहमा सुरक्षितरूपमा राखिएको कृष्णनगरकी संयोजक वसन्ती जिसीले बताइन्। रोजगारीको प्रलोभनमा परेर पञ्जाब पुगेकी उनको उद्धार गरिएको जिसीको भनाइ छ । आर्थिक अवस्था कमजोर भएका कारण परिवारले किशोरीलाई घर फर्काउन आग्रह गरेको थियो ।

आफ्नो अथक प्रयास र प्रहरी प्रशासनलगायतको समन्वयमा राधिकालाई नेपाल फर्काउन सफल भएको संयोजक भट्टराईले बताए ।