जंगलबाट छ नाल भरुवा बन्दुक बरामद

बागलुङ । बागलुङमा ६ नाल अवैध भरुवा बन्दुक बरामद गरिको छ । बुधबार हटिया प्रहरी चौकीको टोलीले पाँच थान तथा नरेठाँटी प्रहरी चौकीको टोलीले एक थान भरुवा बन्दुक बरामद गरेको हो ।
गस्ती गर्ने क्रममा प्रहरीले गलकोट नगरपालिका–१ जनएकता सामुदायिक वनमा एक थान र वडा नम्बर ३ को भगवतीस्थानको ओडारमा बेवारिसे अवस्थामा पाँच नाल भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।
बन्दुक कसले र किन राखेको थियो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
ताजा अपडेट
-
धुलिखेल-खावा सडक : पुनःठेक्कामा जान अर्थको सहमति कुर्दै सडक डिभिजन
-
‘गृहमन्त्रीले संसदमा बोल्न पाउनुपर्छ, राजीनामा आवश्यक छैन’-सञ्चार मन्त्री गुरुङ
-
अझै बस्न सकेन प्रतिनिधिसभा बैठक
-
प्रधानमन्त्रीसमक्ष निर्यात व्यवसायी महासङ्घको सुझाव प्रस्तुत
-
पहिरोले एक घर पूर्णरूपमा क्षतिग्रस्त
प्रतिक्रिया