NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

गण्डकी प्रदेशसभा बैठक बस्दै

कार्यसूची तय गर्न कार्यव्यवस्था परामर्श समिति बैठक डाकियो

गण्डकी । गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।

त्यसअघि कार्य व्यवस्था परामर्श समितिको बैठक बसेर सदनको कार्यसूची तय गर्ने प्रदेशसभा सचिवालयका कानुन अधिकृत कुमार रिजालले जानकारी दिए ।गत असार २२ गतदेखि स्थगन भएको प्रदेशसभा बैठक आज बस्न लागेको हो । बैठकमा प्रदेशसभाका विषयगत समिति गठनका विषयमा छलफल हुने बताइएको छ ।

प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको सात महिना बितिसक्दा पनि विषयगत समिति अझै गठन हुन सकेको छैन ।

प्रदेशसभा नियमावलीको प्रावधान अनुसार प्रदेशसभामा अर्थ तथा विकास, सार्वजनिक लेखा, प्रदेश मामिला तथा कानुन र सामाजिक विकास तथा कृषि समिति गरी चार विषयगत समिति रहने प्रदेशसभा सचिवालयले जनाएको छ ।