राष्ट्रपतिका उम्मेदवारको हत्या
काठमाडौं । इक्वेडरमा राष्ट्रपतिका उम्मेदवारको हत्या भएको छ ।
इक्वेडरका सांसद समेत रहेका फर्नान्डो भिल्लाभिसेन्सिओको गोली हानेर हत्या गरिएको अधिकारीले जनाएका छन् ।
उनको बुधबार मुलुकको उत्तरी सहर क्विटोको एक चुनावी कार्यक्रमको क्रममा हत्या भएको अधिकारीहरूले जानकारी दिएका छन् ।
अन्तराष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार उनीमाथी ३० राउण्ड गोली प्रहार भएको थियो ।
उनी भ्रष्ट्राचार र संगठित अपराधका कट्टर आलोचक थिए । त्यहाँको महान्यायाधिवक्ताको कार्यालयका अनुसार हत्यामा संलग्न रहेको आशंका गरिएका एक जनाको मुटभेडमा गोली हानेर हत्या गरिएको छ ।
उक्त घटनामा सांसदका २ उम्मेदवार र २ प्रहरीसहित ९ जना घाइते भएका छन् । प्रहरीकाअनुसार घटनामा संलग्न रहेको आरोपमा छ जनालाई पक्राउ परेका छन् ।
इक्वेडरमा अगस्ट २० मा राष्ट्रपति पदका लागि पहिलो चरणको निर्वाचन हुँदैछ ।
इक्वेडरका वर्तमान राष्ट्रपति गुइलेर्मो लासोले फर्नान्डोको मृत्यु भएको पुष्टि गर्दै यस घटनाबाट आफू स्तब्ध भएको बताएका छन् । उनले हत्यामा संलग्नलाई कारबाही गरिने बताएका छन्
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया