१९ जना विषय विज्ञका लागि काठमाडौं महानगरले पुनः खुलायो आवेदन

काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न पदमा १९ जना विषय विज्ञको लागि आवदेन खुलाएको छ। यसअघि मागेको आवेदनमा पर्याप्त आवेदन नपरेपछि महानगरले पुनः सूचना निकालेको हो।
‘काठमाडौं महानगरपालिकाको संक्षिप्त वातावरणीय अध्ययन तथा प्रारम्भिक वातावरणीय परीक्षण कार्यविधि, २०७८ को दफा १४ मा भएको कानुनी व्यवस्था बमोजिम वातावरणीय अध्ययन प्रयोजनका लागि गठन हुने प्राविधिक समितिमा रहने विज्ञहरूको सूची तयार पार्ने निर्णय भएको हुँदा इच्छुक र योग्य व्यक्तिले यो सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र निवेदन पेस गर्नुहुन अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ ।
इच्छुक व्यक्तिले सम्बन्धित विषयमा कम्तीमा १० वर्ष काम गरी वातावरणीय अध्ययन प्रतिवेदन तयार गर्ने कार्यमा कम्तीमा ३ वर्ष वा सोभन्दा बढी कार्य अनुभव भएको वा माथि उल्लिखित विषयमा १० वर्षभन्दा बढी अध्यापन तथा अनुसन्धान गरेको हुनपर्नेछ।
इच्छुक व्यक्तिलाई ७ दिनभित्र आवदेन दिन पनि महानगरले भनेको छ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया