गृहमन्त्री श्रेष्ठ र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
देउवाको सचिवालयले जनाए अनुसार उपप्रधानमन्त्री श्रेष्ठ देउवालाई भेट्नका लागि शुक्रबार साँझ धुम्बाराही पुगेका थिए। देउवा र श्रेष्ठबीच केहीबेर छलफल भएपनि के विषयमा कुराकानी भएको भन्ने खुलाइएको छैन।
शुक्रबार नै बसेको काँग्रेस संसदीय दलको बैठकमा सांसदहरूले नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा सांसद सुनिल शर्मामाथि सरकार पूर्वाग्रही भएर कांग्रेसलाई लक्षित गरेको आशंका गरेका थिए । कांग्रेस संसदीय दलको बैठकमा सरकारको आलोचना भएपछि गृहमन्त्री श्रेष्ठ धुम्बाराही पुगेका हुन्।
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरण पक्राउ परेका कांग्रेस सांसद शर्मा शुक्रबार नै छुटिसकेका छन् ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया