NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार १६ गते

युग सुहाउँदो पार्टीले मात्रै मुलुकको नेतृत्व गर्न सक्छ : नेता पुन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले माओवादीलाई युग सुहाउँदो पार्टी बनाउनु पर्ने बताएका छन् । युग सुहाउँदो पार्टीले मात्रै मुलुकको नेतृत्व गर्न सक्ने बताउँदै माओवादीलाई त्यस्तो पार्टी बनाउनुपर्ने बताएका हुन् ।

पार्टी सम्बद्ध महिला संगठन नेपाल महिला संघ ९क्रान्तिकारी०ले राजधानीमा आयोजना गरेको कार्यक्रममा उपमहासचिव पुनले समयअनुसार चल्न नसक्ने पार्टीहरु इतिहासमा सीमित भएको बताएका हुन्। पुनले भने, ‘अहिलेको साइबर युगमा स्मार्ट पार्टी बनाउन जरुरी छ, त्यस्तो पार्टीले मात्र आजको युगको सही प्रतिनिधित्व गर्न सक्छ ।’

पुनले महिला अधिकार स्थापित गर्न र समाजमा महिलाहरुको सम्मान तथा सहभागिता वृद्धि गर्न माओवादी आन्दोलनले धेरै ठूलो योगदान गरेको बताए । नेपाली समाजको रुपान्तरण र राजनीतिक परिवर्तनमा माओवादी जनयुद्धले खेलेको भूमिकालाई संसारले स्वीकार गरिसकेको पनि उनले स्मरण गराए ।