आयोग बनाएर सबै ठूला भ्रष्टाचारको छानबिन गर्नुपर्छ : बाबुराम भट्टराई
सुर्खेत । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले देशमा भएका भ्रष्टाचारका सबै ठूला मुद्दा उच्चस्तरीय आयोग बनाएर छानबिन गर्नुपर्ने बताएका छन् ।
पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी हुन आज सुर्खेत पुगेका डा. भट्टराईले छानबिनका लागि गठन गरिने आयोगमा कार्यकारीको छायासमेत पर्न नहुने बताए ।
चर्चामा रहेका सुन काण्ड, नक्कली भुटानी शरणार्थी प्रकरण मात्र नभई पञ्चायतकालदेखिका प्रकरणको आयोगले निष्पक्ष रूपमा छानबिन गर्नुपर्नेमा उनले जोड छ ।
“घोटलाको निष्पक्ष छानबिन गर्न कार्यकारीको छाया नपर्ने गरी आयोग गठन गर्नुपर्छ,” डा भट्टराईले सुझाव दिए ।
ललिता निवास प्रकरणमा आफूले गलत नगरेको उल्लेख गर्दैै उनले छानबिनका क्रममा आफू दोषी देखिए सजाय भोग्न तयार रहेको बताए ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया