NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दैछ ।

शुक्रबारदेखि सुरु पार्टी संसदीय दलको बैठक आइतबार मध्याह्न साढे १२ बजे संघीय संसद् भवनको लोत्से हलमा बस्न लागेको कांग्रेसका एक सांसदले जानकारी दिए ।

बैठकमा संसदमा जारी गत्यावरोधबारे छलफल भइरहेको बताइएको छ । त्यस्तै, पार्टीका सांसद सुनिल शर्माको पक्राउ, समसामयिक राजनीतिलगायत विषयमा पनि सांसदहरूले धारणा राखेका छन् । शुक्रबारको बैठकमा १९ जनाले आफ्नो मत राखेको र आज पनि यो क्रम यथावत् रहने बताइएको छ ।