धनुषाको नगरपालिकाका इन्जिनियर घुससहित रंगेहात पक्राउ

काठमाडौं । धनुषास्थित शहिदनगर नगरपालिकामा कार्यरत इन्जिनियर रमेश कुमार चौधरी र उनका साथी गुरुदेव यादव घुससहित पक्राउ परेका छन् ।
उनीहरूलाई बर्दिवासस्थित अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालयले एक लाख रूपैयाँ रकम र एक लाख ७५ हजार रूपैयाँको चेकसहित रंगेहात पक्राउ गरिएको हो ।
चौधरीले वाल निर्माण कार्य सम्पन्न पछि उक्त कार्यको भुक्तानी दिँदा सेवाग्राहीसँग घुस मागेको उजुरी परेको थियो ।
सोही उजुरीमाथि छानविन हुँदा उनीहरू घुस लिइसकेको अवस्थामा पक्राउ परेका हुन् ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया