धनुषाको नगरपालिकाका इन्जिनियर घुससहित रंगेहात पक्राउ
काठमाडौं । धनुषास्थित शहिदनगर नगरपालिकामा कार्यरत इन्जिनियर रमेश कुमार चौधरी र उनका साथी गुरुदेव यादव घुससहित पक्राउ परेका छन् ।
उनीहरूलाई बर्दिवासस्थित अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालयले एक लाख रूपैयाँ रकम र एक लाख ७५ हजार रूपैयाँको चेकसहित रंगेहात पक्राउ गरिएको हो ।
चौधरीले वाल निर्माण कार्य सम्पन्न पछि उक्त कार्यको भुक्तानी दिँदा सेवाग्राहीसँग घुस मागेको उजुरी परेको थियो ।
सोही उजुरीमाथि छानविन हुँदा उनीहरू घुस लिइसकेको अवस्थामा पक्राउ परेका हुन् ।
ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया