NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

कांग्रेस संसदीय दलको बैठक आज सकिने, राजनीतिक विषयमा निर्णय हुँदै

काठमाडौं । शुक्रबारदेखि जारी रहेको नेपाली कांग्रेस संसदीय दलको बैठक आज सकिँदैछ । समसामयिक राजनीतिक विषयमा निर्णय गर्दै बैठक आज सकिने प्रमुख सचेतक रमेश लेखकले जानकरी दिए ।

बैठकमा आइतबारसम्म ५० जना सांसदले आफ्नो धारणा राखेका छन् । आज बिहान ११ बजेदेखि सुरु हुने बैठकमा बाँकी सांसदहरूले धारणा राख्ने प्रमुख सचेतक लेखकले बताए ।

बैठकमा सांसदहरूले सरकारका कामकारबाही, सुन तस्करीलगायत पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा धारणा राखेका थिए ।