NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

एमाले सचिवालय बैठक जारी, संसद् अवरोधबारे के होला निर्णय ?

काठमाडौं । पछिल्लो राजनीतिक घटना र पार्टीको आन्तरिक विविध विषयमा छलफल गर्न बसेको नेकपा (एमाले) को सचिवालय बैठक जारी छ ।

सुन तस्करीको घटनामाथि उच्चस्तरिय छानबिन समिति गठनको माग गर्दै आएको एमालेले सङ्घीय संसद्मा जारी गत्यावरोधका विषयमा पनि छलफल गर्ने जनाइएको छ ।

सो पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टका अनुसार पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा मध्याह्न १२ः३० बजे बैठक सुरु भएको हो ।