NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २७ गते

अभिनेता अक्षय कुमारले पाए भारतीय नागरिकता

काठमाडौं । बलिउड अभिनेता अक्षय कुमारले भारतको नागरिकता प्राप्त गरेका छन् ।

उनी बलिउडमा काम गरिरहेका भएपनि नागरिक भने क्यानडाका थिए ।

अब उनी भारतीय नागरिक बनेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा अक्षयले आफुले नागरिकता पाएको जानकारी दिएका छन् । उनले नागरिकताको फोटो सेयर गर्दै ‘मन र नागरिकता दुवै हिन्दुस्तानी । स्वतन्त्रता दिवसको शुभकामना,’ लेखेका छन् ।

पछिल्लो समय अक्षय कुमारको नागरिकतालाई लिएर सामाजिक सञ्जालमा प्रश्न उठाइरहेका थिए । हालै उनले एक अन्तर्वार्तामा आफूले भारतीय नागरिकताका लागि आवेदन दिएको र चाँडै नै यसबारे थप जानकारी दिने बताएका थिए ।