गाउँपालिकाका दुई कर्मचारी पाँच लाख घुससहित पक्राउ

काठमाडौं । सप्तरीस्थित विष्णुपुर गाउँपालिकामा कार्यरत लेखापाल टेक नारायण यादव र एमआइएस अपरेटर विरेन्द्रकुमार यादव घुससहित पक्राउ परेका छन् ।
आज अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले उनीहरूलाई पाँच लाख घुससहित पक्राउ गरेको हो । यादवले सोला बत्ती जडान लगायत योजनाको भुक्तानीवापत सेवाग्राहीसँग दुई लाख रूपैयाँ घुस मागेको उजुरी परेको थियो ।
सोही उजुरीमाथि अनुसन्धान हुँदा उनीहरू दुवैलाई दुई लाख रूपैयाँ नगद र तीन लाख रूपैयाँ चेकसहित रजविराज नगरपालिका वडा ३ स्थित त्रिभुवनचोेकबाट पक्राउ गरिएको हो ।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता भोला दाहालले बताएका छन्।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया