चितवनमा आठ सवारी साधन एकै ठाउँमा ठोक्किँदा बीस जनाघाइते, सात गम्भीर

चितवन ।भरतपुर महानगरपालिका–९ स्थित टिकोली जङ्गलमा विभिन्न आठ सवारीसाधन एकै ठाउँमा दुर्घटना हुँदा बीसजना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ना १ क ६१३१ नं को अक्सफोड कलेज गैँडाकोटको बसले विपरीत दिशाबाट आउँदै गरेको ना २ च ८४४६ नं को शव बोकी देवघाटतर्फ जाँदै गरेको बोलेरोलाई ठक्कर दिएको हो ।
सोही दुर्घटनामा बा प्र ०६–००१ प ९९८१, बा प्र ०३–००५ प ९७, ना ६२ प ६०३२, बा प्र ०३–००१ प ४१४७ मोटरसाइकल र बा प्र ०६–००१ प २२९४ र बा।प्र।०३–००२ प ४१९८ नं को स्कुटरसहित सम्पूर्ण सवारीसाधन एक आपसमा ठोक्किएको थियो ।
ठक्करबाट २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । घाइतेमध्ये १२ जनाको भरतपुर अस्पतालमा, सात जनाको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)मा र एक जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
घाइतेमध्ये भरतपुर अस्पतालमा उपचाररत सात जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था सामान्य रहेको उनले जानकारी दिए ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने सवारीसाधन घटनास्थलमानै छन् ।
ताजा अपडेट
-
एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय
-
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई ६ महिनाको जेल सजाय
-
राष्ट्रियसभालाई विधेयकमा दुईवर्षे कुलिङ पिरियडको व्यवस्था गर्न अनुरोध गर्ने समितिको निर्णय
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
प्रतिक्रिया