गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ७ विरूद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रुपन्देहीस्थित मर्चवारी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना विरुद्ध मुद्दा दायर गरेको छ ।
गाउँपालिकामा अवैध कमिसन जम्मा गराउने उद्देश्यले अर्कै व्यक्तिको नाममा खाता खोलेर रकम जम्मा गराइ विकास निर्माणको कामबाट लाखौं भ्रष्टाचार गरेको उजुरी परेको थियो ।
सोही उजुरीमाथि छानविन हुँदा गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत अर्यालले वडामा भएका विकासका कामको भुक्तानी दिँदा १३ लाख ४५ हजार रुपैयाँ घुस लिएको पाइएको हो । उनले गाउँपालिकासँग आर्थिक कारोबार गरेका समूहसँग घुस लिएको पाइएको छ ।
आयोगले उनीसहित उनका छोरा पवन कुमार अर्याल, वडा सचिव गुुलाव यादब, प्रोपाइटर विनोद बाबु तिवारी, तत्कालिन गाउँ कार्यपालिका सदस्य राजेश हरिजन र प्रोपाइटर अमरीश यादबलाई प्रतिवादी बनाएर आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया