सर्वदलीय बैठक बोलाउने तयारीमा राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन् । दलहरुबीच सहमति जुट्ने सम्भावना नदेखेपछि राष्ट्रपति पौडेलले सर्वदलीय बैठक बोलाउने तयारी गरेका हुन् ।
स्रोतका अनुसार राष्ट्रप्रमुखको हैसियतमा राष्ट्रपतिको जिम्मेवारी अन्तर्गत सर्वदलीय बैठक बोलाउने तयारी भएको हो ।
‘राष्ट्रपतिमा निर्वाचित भएपछि सबै दलका नेतासँग भेट्ने अवसर पनि जुरेको छैन। निर्वाचित भए लगत्तै उहाँ बिरामी हुनु भयो । अब सबै दलका नेतासँग भेट गर्ने र संसदको गतिरोध अन्त्य गर्ने विषयमा पनि सहजीकरणको प्रयास हुन्छ।’ स्रोतले बतायो ।
राष्ट्रपति पौडेलले राजनीतिक दलका नेताहरुको अनुकुल समय हेरेर छिटै बैठक बोलाउने तयारी गरेका छन् । यसबारे अन्य दलहरूले पनि आफ्नो तर्फतबाट तयारी गरिरहेका छन् ।
आज बिहीवार पूर्वनिर्धारित कार्यक्रम अनुसार दुई देशका राजदुतको ओहोदाको प्रमाणपत्र बुझाउने तय रहेकाले आज सर्वदलिय बैठक नभएको हो ।
सर्वदलिय बैठकका बारेमा राष्ट्रपति पौडेलले प्रधानमन्त्री, विपक्षी दलका नेता र कांग्रेस सभापतिसँग छलफल गरिसकेका छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया