नक्कली शरणार्थी प्रकरणः थुनामा रहेका १० जनाको मुद्दा एकैसाथ हेरिने
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका दशजना अभियुक्तहरूको मुद्दा एकैसाथ हेर्न उच्च अदालत पाटनले आदेश दिएको छ ।
उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशविरूद्धको मुद्दा एकैसाथ हेर्न आदेश दिएको हो ।
आज न्ययायाधीश हरिप्रसाद पौडेल र किरणकुमार पोखरेलको संयुक्त इजलासले यसबारेमा विभिन्न मितिमा परेका एकैकिसिमका निवेदन एकैसाथ हेर्न भनेको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा नरेन्द्र केसी, टेकनारायण पाण्डे, सानु भण्डारी, आङ्टावा शेर्पा, इन्द्रजित राई, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, सन्देश शर्मा, शमशेर मिया र गोविन्द चौधरीले छुट्टाछुट्टै मुद्दा दिएका छन् ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया