प्रतिनिधिसभा बैठक आज बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आइतबार बस्ने भएको हो । दिउँसो १ बजे बस्ने गरी बैठक आह्वान गरिएको संसद् सचिवालयले जनाएको छ ।
सुन तस्करी प्रकरणको छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने अडान राख्दै एमालेले गत साउन १० गतेदेखि संसद् अवरुद्ध गर्दै आएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरेले संसदको गत्यावरोध खुलाउन प्रयास गरे पनि त्यसले सार्थकता पाउन सकेको छैन ।
संसदको कामकारबाही प्रभावित पार्न नहुने मत पार्टीभित्रै प्रकट हुन थाले पनि एमाले टसको मस भएको छैन ।
ताजा अपडेट
-
नालामा पुल भाँचियो : राजधानी जाने वैकल्पिक सडक अवरुद्ध
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
प्रतिक्रिया