प्रतिनिधिसभा बैठक आज बस्दै
काठमाडौं । प्रतिनिधिसभाको बैठक आइतबार बस्ने भएको हो । दिउँसो १ बजे बस्ने गरी बैठक आह्वान गरिएको संसद् सचिवालयले जनाएको छ ।
सुन तस्करी प्रकरणको छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने अडान राख्दै एमालेले गत साउन १० गतेदेखि संसद् अवरुद्ध गर्दै आएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरेले संसदको गत्यावरोध खुलाउन प्रयास गरे पनि त्यसले सार्थकता पाउन सकेको छैन ।
संसदको कामकारबाही प्रभावित पार्न नहुने मत पार्टीभित्रै प्रकट हुन थाले पनि एमाले टसको मस भएको छैन ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया