NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

प्रदीप गिरि बिपी कोइरालापछिको ठूला समाजवादी चिन्तक : सभापति देउवा

काठमाडौं । कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले समाजवादी चिन्तकको रूपमा बिपी कोइरालापछि कसैको नाम लिने हो भने प्रदीप गिरिकै नाम आउने बताएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा स्व. गिरिको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सभापति देउवाले स्व. प्रदीप गिरि बिपी कोइरालापछिको ठूला समाजवादी चिन्तक भएको बताएका हुन् । स्व. गिरिप्रति पार्टीमा धेरै लगाव र सम्मान रहेको पनि उनले बताए ।

स्व. गिरिका बाँकी कृति र लेखहरू भए प्रकाशित गर्न पार्टीले सहयोग गर्ने र उनका लेखबाट सिंगो पार्टी नै लाभान्वित हुने उनको धारणा छ ।