प्रदीप गिरि बिपी कोइरालापछिको ठूला समाजवादी चिन्तक : सभापति देउवा
काठमाडौं । कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले समाजवादी चिन्तकको रूपमा बिपी कोइरालापछि कसैको नाम लिने हो भने प्रदीप गिरिकै नाम आउने बताएका छन् ।
सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा स्व. गिरिको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सभापति देउवाले स्व. प्रदीप गिरि बिपी कोइरालापछिको ठूला समाजवादी चिन्तक भएको बताएका हुन् । स्व. गिरिप्रति पार्टीमा धेरै लगाव र सम्मान रहेको पनि उनले बताए ।
स्व. गिरिका बाँकी कृति र लेखहरू भए प्रकाशित गर्न पार्टीले सहयोग गर्ने र उनका लेखबाट सिंगो पार्टी नै लाभान्वित हुने उनको धारणा छ ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया