राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकबारे जानकारी भएन : एमाले

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठक राष्ट्रपति भवन शीतल निवासमा जारी छ ।
यद्यपी, बैठकमा नेकपा एमाले भने अनुपस्थित रहेको छ । राष्ट्रपति पौडेलले बिहान साढे ८ बजे संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई समसामयिक विषयमा छलफलका लागि बोलाएका थिए ।
राष्ट्रपतिले बोलाएको छलफलप्रति विमति जनाउँदै एमाले भने उपस्थित नभएको हो । राष्ट्रपतिले संविधान विपरीत अनावश्यक सक्रियता देखाएकाले पार्टीबाट कोही पनि बैठकमा सहभागी नभएको एमाले उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले बताए ।
नेम्वाङले बैठकबारे आफूहरुलाई जानकारी नभएको पनि बताए ।
ताजा अपडेट
-
हैजा रोग नियन्त्रणका लागि काठमाडौँ महानगर क्षेत्रमा जनचेतनामूलक कार्यक्रम
-
नेपालमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह
-
हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध
-
कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक
-
चिरखुवा खोलामा साढे पाँच करोडमा पक्की पुल
प्रतिक्रिया