राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकबारे जानकारी भएन : एमाले
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठक राष्ट्रपति भवन शीतल निवासमा जारी छ ।
यद्यपी, बैठकमा नेकपा एमाले भने अनुपस्थित रहेको छ । राष्ट्रपति पौडेलले बिहान साढे ८ बजे संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई समसामयिक विषयमा छलफलका लागि बोलाएका थिए ।
राष्ट्रपतिले बोलाएको छलफलप्रति विमति जनाउँदै एमाले भने उपस्थित नभएको हो । राष्ट्रपतिले संविधान विपरीत अनावश्यक सक्रियता देखाएकाले पार्टीबाट कोही पनि बैठकमा सहभागी नभएको एमाले उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले बताए ।
नेम्वाङले बैठकबारे आफूहरुलाई जानकारी नभएको पनि बताए ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया