NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

कडा एक्सरसाइज नगरी यसरी घटाउन सकिन्छ तौल

काठमाडौं । अस्तव्यस्त जीवनशैली, मसलेदार खाना र खानपीनको असन्तुलन मोटोपनको कारक बनिरहेको छ । मोटोपन कम गर्नकै लागि कतिपयले चर्को एक्सरसाइज गर्ने, जिम जाने गर्छन् भने कतिपयले अनेक घरेलु उपाय पनि अपनाएका हुन्छन् । खानपिनमा ध्यान दिने र दैनिक जीवनलाई एक्टिभ राख्ने हो भने पनि मोटोपन कम गर्न सकिन्छ । आज हामी विना कडा मेहनत कसरी तौल कम गर्ने भन्ने बारे चर्चा गर्दैछौँ ।

मनतातो पानी
हरेक समय मनतातो पानी पिउनु भन्दा पनि यसलाई कुन समय पिउने भन्ने महत्वपूर्ण हुन्छ । विशेष गरी खाना खानु आधा घण्टा अघि र हरेक कुरा खाएको २० मिनेट पछि मनतातो पानी पिउने गर्ने हो भने तौल कम गर्न सहयोगी हुन्छ ।

चिनीको कम प्रयोग
गुलियो खाइरहने बानीले पनि मोटोपन बढाउँछ । यदि तपाई बढेका वजनकै कारण चिन्तित हुनुहुन्छ भने आफ्नो डाइटबाट गुलियोलाई हटाउनु उत्तम हुन्छ । चिनी नखाँदा शरीरको फ्याट बर्न हुन्छ ।

हल्का हिँडाई
जिम गएर कडा एक्सरसाइज गर्नुको सट्टा तपाई हल्का हिँड्ने गर्नुस् । बिहान बेलुका खाना खाइसकेपछि कम्तीमा २० मिनेट हल्का हिँड्ने गर्दा पनि तौल कम गर्न सकिन्छ ।

खानाको मात्रा कन्ट्रोल
मीठो भो भन्दैमा हामीले कहिले काँही पेट तन्किने गरी खाना खाने गर्छौँ, जुन तौल घटाउन भन्दा पनि बढाउनतर्फ लाग्छ । पेट तन्किने गरी खाना खानु भन्दा पनि सधैँ खानेभन्दा थोरै कम खाने गर्नु तौल घटाउन सहयोगी हुन्छ ।

फाइबरयुक्त खाना
आफ्नो खानामा फाइबरको मात्रा बढाउँदा पनि तौल घटाउन सहयोग मिल्छ । फाइबरयुक्त खानाले छिटो भोक लाग्न दिँदैन । जसमा अम्बा, स्याउ जस्ता फलफूल खाना सकिन्छ ।

भरपूर निन्द्रा
कतिपय समय कम निन्द्रा पनि वजन बढ्नुको कारण बनिदिन्छ । वजन कम गर्नु छ भने तपाईंको उमेर अनुसार वा कम्तिमा आठ घण्टा पूरा निन्द्रा लिनु आवश्यक हुन्छ ।