NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

बझाङ घटनाका दोषीलाई कारबाही गर्न मुख्यमन्त्री शाहको निर्देशन

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बझाङ घटनाका दोषीलाई कारबाही गर्न निर्देशन दिएका छन् ।

मुख्यमन्त्री शाहले बझाङका प्रमुख जिल्ला अधिकारी र प्रहरी अधिकारीलाई फोन गरि घटनामा संलग्न दोषीको खोजी गरि कानुनि दायरामा ल्याउन निर्देशन दिएको उनको सचिवालयले जानकारी दिएको छ ।

जिल्लाको सर्मा गाउँपालिका ३ का कलक बिक, उनकी पत्नी र २ छोरामाथी सोमबारराती अज्ञात समूहबाट चक्कु प्रहार भएको थियो ।

चक्कु प्रहारबाट बिक, उनकी पत्नी २७ वर्षीया सुनिता, ७ वर्षीय छोरा आदित्य र ४ वर्षीय आबेल घाइते भएका छन् ।

उनीहरुमाथी जिल्ला सदरमुकाम चैनपुरमा हमला भएको हो । घटनामा संलग्नहरु प्रहरीले खोजी भइरहेको जनाएको छ ।