NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

भारतलाई बधाई दिँदै ओलीले भने ‘चन्द्रयानको सफल अवतरणले हामी पनि खुसी छौँ’

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले भारतको चन्द्रयान–३ चन्द्रमामा अवतरण गराउन सफल भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र त्यहाँका जनतालाई बधाई दिएका छन् ।

पूर्वप्रधानमन्त्री ओलीले चन्द्रयान–३ चन्द्रमामा अवतरण गराउन सफल भएलगत्तै सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् । भारतले अन्तरिक्षमा पठाएको मानवरहित यान बुधबार साँझ ६ बजे चन्द्रमामा अवतरण गरेको हो ।

‘आज भारतको चन्द्रयान–३ चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गरेको छ, यस मिसनको सफलताका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजी, वैज्ञानिक र भारतवासी सबैलाई बधाई । पूर्वीय ज्ञानले विज्ञानका क्षेत्रमा महत्त्वपूर्ण सफलता हासिल गरेको छ, हामी पनि खुसी छौँ’, उनले भनेका छन्।