विमान दुर्घटना : वाग्नर प्रमुखसहित सबैको शव फेला
मस्को । दुर्घटनाग्रस्त एम्ब्रेर लिगेसी जेटमा रहेका वाग्नर प्रमुख येभगेनी प्रिगोजिनसहित सबै १० यात्रुको शव फेला परेको रुसी आपत्कालीन सेवाले आज जनाएको छ ।
हिजो प्रिगोजिनको मृत्युको खबर सुनेपछि धेरै रुसी अचम्ममा परेका थिए । प्रिगोजिनले दुई महिना अघि असफल विद्रोह सुरु गरेर राष्ट्रपति भ्लादिमिर पुटिनलाई चुनौती दिएका थिए ।
प्रिगोजनसमेत सवार उक्त जेट समस्याका कुनै सङ्केत नै नदेखाइ अचानक खसेको फ्लाइट ट्र्याकिङ डेटामा देखिन्छ । त्यसपछि करिब ३० सेकेन्डमा उक्त जेट २८ हजार फिटको उचाइबाट ८ हजार फिटभन्दा तल खसेको थियो ।
नागरिक उड्डयन प्राधिकरणका अधिकारीका अनुसार उनीहरूको ध्यान अहिले दुर्घटनाको कारण पत्ता लगाउनेतर्फ केन्द्रित भएको छ । प्राधिकरणले दुर्घटना अनुसन्धान गर्न विशेष आयोग गठन गरेको छ । प्रहरीले दुर्घटनास्थल वरपरको क्षेत्रलाई ‘सिल’ गरेको छ ।
ताजा अपडेट
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र


प्रतिक्रिया