कुल्लुमा केही सेकेन्डमै यसरी भत्किए घरहरू (भिडियो)

काठमाडौं । भारतको हिमाचल प्रदेशमा वर्षाका कारण ठूलो क्षति भएको छ ।
कुल्लुको बस स्ट्यान्ड नजिकका भवनहरु वर्षाले केही सेकेन्डमा भत्किँदा तहसनहस बन्यो । हिमाचल प्रदेशका मुख्यमन्त्री सुखविन्द सिंह सुखुले पनि यो घटनाको भिडियो शेयर गरेका छन् ।
उनले कुल्लुबाट विचलित बनाउर्ने तस्विरहरु बाहिर आइरहेको बताएका छन् । तर त्यहाँ मानविय क्षती भने भएन । किनकी, ती भवन दुई दिनअघि प्रशासनले खाली गराएको थियो ।
Disturbing visuals emerge from Anni, Kullu, depicting a massive commercial building collapsing amidst a devastating landslide.
It’s noteworthy that the administration had identified the risk and successfully evacuated the building two days prior. pic.twitter.com/cGAf0pPtGd
— Sukhvinder Singh Sukhu (@SukhuSukhvinder) August 24, 2023
समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै, एसडीएम नरेश वर्माले भने, ‘यी भवनहरू हाम्रो बस स्ट्यान्डको अर्को छेउमा छन् । चार–पाँच दिनअघि ती भवनहरुमा दर्किएको देखिएको जानकारी पाइएको थियो । यी भवनहरूमा पसलहरू थिए । हामीले समयमै भवनहरू खाली गरेका थियौं,’ उनले भने, ‘भवनभित्र दुईवटा बैंक पनि थिए । यी बैंकहरू पनि आफ्नो सामानसँगै सरेका थिए ।’
VIDEO | Several buildings collapsed in Himachal Pradesh’s Kullu due to rain-triggered landslides in the district. More details are awaited.
(Source: Third Party) pic.twitter.com/hxDbYgzoQJ
— Press Trust of India (@PTI_News) August 24, 2023
वर्माकाअनुसार तीनवटा भवन भत्किएका छन् । नजिकका भवनमा पनि धेरै क्षति पुगेको छ । हिमाचलमा भारी वर्षाका कारण मौसम विभागले रेड अलर्ट जारी गरेको छ ।
हिमाचलमा वर्षाका कारण अहिलेसम्म भएका घटनामा ७८ जनाभन्दा बढीको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ ।
प्रतिक्रिया